ईनरुवाबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

<span class='c1'>ईनरुवाबाट लागुऔषध ब्राउनसुगर सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर । सुनसरीको ईनरुवा नगरपालिका-४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध ब्राउनसुगरको ओसारपसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-८ का २२ बर्षीय मिथुन कुमार यादव र १९ बर्षीय प्रमोद कुमार सरदारलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९६ ग्राम लागुऔषध ब्राउनसुगर तथा लागुऔषध ओसार पसारमा प्रयोग गरिएको BR-38-S-0623 भारतीय नम्वरको मोटरसाईकल समेत बरामद गरेको छ ।

घटना बारेमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्