उपचारको क्रममा बिरामीको मृत्यु भएपछि विराटनगर अस्पताल तनावग्रस्त : (फोटो फिचर)

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि विराटनगर अस्पताल तनावग्रस्त : (फोटो फिचर)

विराटनगर । विराटनगर-२ स्थित विराट नर्सिङ होममा उपचारका लागि ल्याएको बिरामीको मृत्यु भएपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको छ ।

मोरङको धनपाल थान ४ कि २८ बर्षिय कौशल्या साह सोनारको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले आईतबार राती अस्पतालमा नाराबाजी गर्दै हुलदुङगा गरेका छन् । गत फागुन ४ गते अस्पताल ल्याएकी सोनारको पाठेघरको उपचारको क्रममा डाक्टरको लार्पाबाहीका कारण मृत्यु भएको भन्दै उनीरुहले अस्पतालमा तोडफोड गरेका थिए । अस्पताल बाहिर राखेको डाक्टरहरुको प्लेक्सहरु उनीहरुले च्यातेर तोडफोडमा उत्रिएका थिए । आक्रोसित भिडले अस्पतालमा ढुङगामुडा गर्नथालेपछि प्रहरीले उनीहरुलाई लाठी चार्ज गर्दै तितर वितर पारेको थियो । मृतकका आफन्तले ढुङगामुढा गर्नथालेपछि प्रहरीले लाठी चार्जगर्दा केही प्रदर्शनकारी र प्रहरी घाईते भएका थिए ।

मोरङ प्रहरीले थप घटना हुन नदिनको लागी जनपथ प्रहरीसँगै शसस्त्र प्रहरीको समेत बाक्लो मात्रामा उपस्थित गराएको थियो । राती अबेर सम्म जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका ईन्सपेक्टर मिलन थापाको नेतृत्वमा अस्पतालको सुरक्षा दिएको थियो । यता पुन सोमबार विहानैदेखी अस्पताल बाहिर मृतकका आफन्तले नाराबाजी गर्दै मृतकका परिवारलाई क्षतिपुर्ति दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए ।

घटनाको विषयमा आईतबार राती र सोमबार दिनभर अस्पताल प्रशासन र मृतकका आफन्त विच छलफल गर्दा यो समाचार तयार पार्दा सम्म कुनै निष्र्कष भने आईसकेको थिएन । अहिले अस्पताल बाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्