विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) नेपाल प्रदेश नं. १ को अध्यक्ष ज्ञानबहादुर खड्का निर्वाचित भएका छन् ।
सुनसरी इटहरीमा सोमबार भएको हिसानको प्रथम भेलाबाट खड्का सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
अध्यक्षमा निर्वाचित भएका खड्का विराटनगरस्थित शिक्षादीप कलेजका प्रिन्सिपल हुन् । नवनिर्वाचित अध्यक्ष खड्काले निजी उच्च माध्यमिक विद्यालयहरूको हकहितमा लागि पर्ने बताए ।
हिसानको वरिष्ठ उपाध्यक्ष इटहरीका गणेश दुलास, उपाध्यक्षमा दमकका गुणराज अधिकारी, सचिब विराटनगरस्थित अर्डिक उच्च माविका प्रिन्सिपल दिपेश बास्तोला, सह–सचिबमा विराटनगरका उद्धव भट्टराई र कोषाध्यक्षमा सुनसरी भुपेन्द्र न्यौपाने रहेका छन् । सदस्यहरूमा विराटनगरका निलम अधिकारी, झापाका राधेश्याम ढाकाल, दुर्गा गौतम, सनुसरीका रामकुमार कालाखेती र झापाका युवराज दाहाल रहेका छन् ।