इटहरीको इपिल्याण्ड वाटरपार्कमा होलीमा चर्चित गायक भी-टेन आउने

इटहरीको इपिल्याण्ड वाटरपार्कमा होलीमा चर्चित गायक भी-टेन आउने

विराटनगर । सुनसरीको इटहरीमा देशकै ठूलो इपी ल्याण्ड एण्ड वाटरपार्कमा होली विशेष कार्यक्रम हुने भएको छ । होलीको अवसर पारेर चर्चित गायक भी-टेनले इटहरीमा कन्सर्ट गर्न लागेका हुन् । यहि चैत्र ४ गते होलीको दिन उक्त कार्यक्रम हुन लागेको हो ।

शुक्रबार ११ बजे देखि चर्चित र्यापर भी-१० सहित डीजे बिधानले पनि उक्त कार्यक्रममा नचाउने तयारी रहेको इपी ल्याण्ड एण्ड वाटरपार्ककि निर्देशक बिनिता पौडेलले जानकारी दिईन । कार्यक्रमको टिकट दर रु ६ सय र १ हजार रहेको छ ।

इपी ल्याण्ड एण्ड वाटरपार्कमा वाटर पार्क, एम्युजमेन्ट पार्क, जिपलाइन, वाल क्लाइम्बिङ, एडभेन्चर पार्क, सुमो रेसलिङ र बडी जर्बको सुबिधा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्