पछिल्लो २४ घण्टामा देशभरी ८३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभरी ८३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभरी ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १३० जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय ३४ जना र एन्टिजेन विधिबाट ३ हजार १ सय ५० जनामा परीक्षण भएको थियो । जसमा एन्टिनेज विधिबाट २६ र पीसीआर विधिबाट भएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर ४ हजार ७ सय ४६ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्