प्रदेश सरकारद्धारा टेलिमेडिसिन सेवा शुरु गर्ने तयारी

<span class='c1'>प्रदेश सरकारद्धारा टेलिमेडिसिन सेवा</span> <span class='c2'>शुरु गर्ने तयारी</span>

विराटनगर । प्रदेश १ सरकारले दुर चिकित्सा सेवा ( टेलिमेडिसिन) तथा अनलाईन सेवा शुरु गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षबाटै सेवा शुरु गर्ने सरकारको योजना रहेको छ ।

प्रदेश १ स्वास्थ्य मन्त्रालयले आज विराटनगरमा दुर चिकित्सा सेवाको नीति वैठकको आयोजना गरि सो जानकारी दिएको हो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्वोले दुर्गम क्षेत्रका लक्षित वर्गलाई सेवा उपलब्ध गराउन दुर चिकित्सा सेवा प्रभावकारी हुने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षभित्रै सेवा सञ्चालन गरी १४ वटै जिल्ला अस्पतालहरुलाई जोड्न सुझाव दिनुभयो ।

स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य सेवालाई सवल बनाएमा संघीयताको सफल कार्यान्वयन एवं स्थायित्व कायम हुने बताउनुभयो । स्वास्थ्य सेवाको अनुभुति प्रदेशवासीले गर्नेगरि सरकारले काम अघि बढाएको उहाँले बताउनुभयो । उहाँले टेलिमेडिसिन सेवा चाँडै शुरु गर्ने गरि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । मन्त्री यादवले भन्नुभयो,‘ यो सेवाले दुर्गम क्षेत्रका बासीन्दालाई विशेषज्ञबाट सेवा लिन सहज हुनेछ ।’

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, स्वास्थ्य मन्त्रालयका सचिव डा.अनुज भट्टचन, स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. मिङमार ग्याल्जेन शेर्पा , प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानन्द्रवहादुर वस्नेत लगायतले दुर चिकित्सा सञ्चालनबाट प्रदेशको स्वास्थ्य क्षेत्रले गति लिने बताउनु भयो ।

दुर चिकित्सा सेवा सञ्चालनका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि रू.५० लाख बजेट पठाएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख वस्नेत जानकारी दिनुभयो । उहाँले प्रादेशिक अस्पतालबाट सेवा शुरु गर्नेगरि छलफल अघि बढेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्