होलीका अवसरमा मुख्यमन्त्रीबाट शुभकामना व्यक्त

होलीका अवसरमा मुख्यमन्त्रीबाट शुभकामना व्यक्त

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले फागुपूर्णिमाका अवसरमा शुभकामना दिनुभएको छ । मुख्यमन्त्री राईले हिमाली तथा पहाडी जिल्लामा आज बिहीबार र तराईका जिल्लामा भोलि शुक्रबार मनाइने फागुपूर्णिमा(होली)का अवसरमा शुभकामना दिनुभएको हो ।

उहाँले शुभकामना दिंदै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने धारणा व्यक्त गर्नुभएको छ । ‘साँस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस होली पर्वले समस्त नेपालीहरू बीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यवद्धता कायम राख्न योगदान पु¥याउने विश्वास व्यक्त गर्दै सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ मुख्यमन्त्रीले राईले भन्नुभएको छ । हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् भन्दै मुख्यमन्त्री राईले यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्