विराटनगर । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । ४४ सय ७४ मत ल्याएर अध्यक्ष पदमा घिमिरे विजयी भएको एसोसिएसनको निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए ।
घिमिरेका निकटम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत प्राप्त गरेकाे केसीले बताए । यसैगरी, महासचिव अन्जिता खनाल विजयी भएकी छिन्। खनालले ३६ सय ८२ मत ल्याएकी छन् उनका निकटम प्रतिद्वन्द्वी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन् ।
भरतबहादुर राउत बारको कोषअध्यक्षमा विजयी भएका छन् उनले चार हजार ३६ मत ल्याएका छन् । । राउतको प्रतिद्वन्द्वी जगतबहादुर कार्कीले २८ सय १८ मत प्राप्त गरेका थिए।
अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएका छन् ।