आइपीएल अपडेट: राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सको जित

<span class='c1'>आइपीएल अपडेट: राजस्थान रोयल्स</span> <span class='c2'>र दिल्ली क्यापिटल्सको जित</span>

विराटनगर । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत आइतबार भएको फरक खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् ।

राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो ।जितका लागि १६६ रनको लक्ष्य पछ्याएको  लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनमा समेटियो ।

लखनऊका क्विन्टन डि ककले सर्वाधिक ३९ रन बनाए । मार्कस स्टोइनिसले ३८ रनको योगदान गरे । राजस्थानका युजभेन्द्र चहलले एक्लै ४ विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले २ विकेट झारे । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो ।

राजस्थानका शिम्रन हेटमायरले सर्वाधिक ५९ रन बनाए । देवदत्त पाडिक्कलले २९ रनको योगदान गरे ।जितसंगै राजस्थान  ४ खेलमा ३  जित र १ हार सहित ६ अंक जोड्दै शीर्ष स्थानमा छ । लखनउ ५ खेलमा ३ जित दुई हार सहित पाचौं स्थानमा छ । यस्तै अर्को खेलमा  दिल्ली क्यापिटल्सले शीर्ष स्थानको कोलकत्ता नाइट राइडर्सलाई ४४ रनले पराजित गरेको छ ।

दिल्लीले दिएको २१६ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर ४ बलमा सबै विकेट गुमाउदै १७१ रन मात्र बनाउन सक्यो ।​ कोलकत्ताका कप्तान श्रेयस एयरले सर्वाधिक ५४ रन बनाए ।  दिल्लीका कुलदिप यादवले ४ तथा खलिल अहमेदले ३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर २१५ रनको विशाल योगफल बनायो । दिल्लीका डेभिड वार्नरले सर्वाधिक ६१ रन बनाउदा  पृथ्वी शले ५१ रनको योगदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्