नेपालको टी–ट्वान्टी वरीयतामा सुधार, एसोसियटको शीर्षस्थानमा

नेपालको टी–ट्वान्टी वरीयतामा सुधार, एसोसियटको शीर्षस्थानमा

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सुधार गरेको छ ।

नेपाली टोली टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता नेपाल एसोसियटको शीर्ष स्थान ओगटेको छ । नयाँ वरीयतामा अनुसार नेपाल १२औं स्थानमा उक्लेको छ ।

नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत पछि पारेको छ । आयरल्याण्ड १५ औं स्थानमा छ । नेपाल एसोसियटको शीर्ष वरीयतामा दोस्रो पटक अटाएको हो । नेपाल पछिल्लो १० टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा मात्र १ खेलमा मात्र पराजित भएको छ ।

नेपाल दुई महिनाअघि ओमानमा भएको टी–ट्वान्टी विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । एक खेलमा पराजित हुँदा नेपाल विश्वकप खेल्ने मौकाबाट चुकेको थियो ।

त्यसपछि नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा अपराजित रहँदै उपाधि उचालेको थियो । टी–ट्वान्टी अन्तर्राष्ट्रियको वरीयतामा भारत शीर्ष स्थानमा छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्