देशैभर चुनावी तालमेल गर्ने पाँचदलीय गठबन्धनको निर्णय

देशैभर चुनावी तालमेल गर्ने पाँचदलीय गठबन्धनको निर्णय

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशैभर चुनावी तालमेल गर्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । बैठकपछि पाँच दलका शीर्ष नेताले संयुक्त वक्तव्य प्रकाशित गरेर चुनावी तालमेल गर्ने जनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको सत्ता गठबन्धनको बैठकले चुनावमा एक अर्कालाई सघाउने समेत निर्णय गरेको छन । उनीहरूले स्थानीय तहमा सहकार्य गर्न आफ्ना नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाल राष्ट्रको सर्वाङ्गीण विकस, अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिबद्ध छन् । हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं,’ पाँच दलका शीर्ष नेताले जारी गरेको वक्तव्यमा अगाडि भनिएको छ, ‘त्यसका लागि देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौ ।’

वक्तव्यमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले जसपाको तर्फबाट अशोक राई र जनमोर्चाको तर्फबाट दुर्गा पौडेलले वक्तव्यमा हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्