सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-४ रातोपुलबाट ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका-६ बस्ने ३२ वर्षीय छबिराम लामीछाने लगायत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीबाट करिब २ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका-७ बस्ने ६० वर्षीया चन्द्र माया प्रजालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मनहरीबाट ज्यामिरेतर्फ आउँदै गरेकी उनलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र लुकाई ल्याएको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।