कुटपिटबाट मृत्यु, कुटपिटमा संलग्न २ जना पक्राउ

<span class='c1'>कुटपिटबाट मृत्यु, कुटपिटमा संलग्न</span> <span class='c2'>२ जना पक्राउ</span>

सिरहा । सिरहा नगरपालिका-१३ फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको कुटपिटबाट शनिबार दिउँसो मृत्यु भएको छ ।

कुटपिटमा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ४१ वर्षीय लक्ष्मी महरा र उनकै भाइ ३२ वर्षीय ब्रहम देव महरालाई प्रहरीले पक्राउ गरेको छ । धनेश्वरले पर्खाल लगाएको विषयलाई लिएर उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका धनेश्वरको उपचारको लागि प्रादेशिक अस्पताल सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्