झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ

झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार दिउँसो करिब १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ मिक्लाजुङ-७ मधुमल्लाका ३५ बर्षीय सुरेश लावतीलाई चेकजाँच गर्ने क्रममा लावतीको साथबाट लुपिजेसिक २७ एम्पुल, डाईजापाम २७ एम्पुल, फेनारगन-२७ एम्पुल बरामद गरी नियन्त्रणमा लिएको हो । लागऔषध सहित पक्राउ परेका लावतीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्