केराबारी–२ बाट वडा सदस्यको उमेदवार बनेका लिम्बुको मृत्यु

केराबारी–२ बाट वडा सदस्यको उमेदवार बनेका लिम्बुको मृत्यु

विराटनगर । मोरङको केराबारी गाउँपालिकामा वडा सदस्य पदमा उम्मेदवारी दिएका नविन लिम्बुनको मृत्यु भएको छ । नेपाली कांग्रेसबाट केराबारी गाउँपालिका २ नम्बरका वडामा सदस्य पदमा उम्मेदवारी दिएका लिम्बुको शुक्रबार (आज) मृत्यु भएको हो ।

चुनाबी प्रचार अभियान सकेर बिहीबार बेलुका घरमा सुतेका उनी शुक्रबार विहान अचानक बेहोस भएर ढलेको परिवारले जनाएको छ । गाउँपालिकाका निवर्तमान अध्यक्ष रोहितबहादुर कार्कीका अनुसार उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । मृत्युको कारण खुलेको छैन । चुनावअगावै उम्मेदवारको मृत्यु भएमा निर्वाचन आयोगले अर्को व्यक्तिको उम्मेदवारी दर्ताका लागि समय उपलब्ध गराउने कानुनी व्यवस्था छ।

घटनाको थप अनुसन्धान प्रहरीले समेत सुरु गरेको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बेलुका सुतेको व्यक्ति बिहान अचेत भेटिएपछि उपचारका लागि लैजाने क्रममा मृत्यु भएको सूचना आएको बताउनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेकोले थप अनुसन्धान भईरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्