झापाको मेचीनगरबाट लागुऔषध सहित १ जना पक्राउ

<span class='c1'>झापाको मेचीनगरबाट लागुऔषध सहित</span> <span class='c2'>१ जना पक्राउ</span>

झापा । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार दिउँसो करिब १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ मिक्लाजुङ-७ मधुमल्लाका ३५ बर्षीय सुरेश लावतीलाई चेकजाँच गर्ने क्रममा लावतीको साथबाट लुपिजेसिक २७ एम्पुल, डाईजापाम २७ एम्पुल, फेनारगन-२७ एम्पुल बरामद गरी नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित पक्राउ परेका लावतीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्