आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : झापामा प्रभात फेरी सम्पन्न

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : झापामा प्रभात फेरी सम्पन्न

आज मे १ तारिख अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । १ सय ३३ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम तथा रोजगार कार्यालय झापाले आज प्रभात फेरी सम्पन्न गरेको छ । विभिन्न नारा सहित श्रमिकहरुले भद्रपुरका विभिन्न स्थानको परीक्रमा गरिएको थियो । श्रम सप्ताह अन्तर्गत प्रभात फेरी सँगै स्वास्थ्य शिविर लगायतका कार्यक्रम राखिएको कार्यालयका प्रमुख इन्जिनियर दुर्गा आचार्यले बताए । कार्यक्रममा बोल्दै प्रमुख आचार्यले श्रमिकका हक हितमा आफु र कार्यालय सदैब सचेत रहेको समेत बताए ।

विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै श्रमक दिवस मनाउन थालिएको हो। यस वर्षको नारा मर्यादित श्रम, सुरक्षित रोजगार, विकास र सम्वृद्धिको आधार तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्