इटहरीमा कोशी डेन्टल हस्पिटल आगलागीबाट पूर्णरूपमा ध्वस्त, सेना–प्रहरी र नगर प्रहरीको सक्रियतामा आगो नियन्त्रण

<span class='c1'>इटहरीमा कोशी डेन्टल हस्पिटल आगलागीबाट पूर्णरूपमा ध्वस्त,</span> <span class='c2'>सेना–प्रहरी र नगर प्रहरीको सक्रियतामा आगो नियन्त्रण</span>

इटहरी। सुनसरीको इटहरीस्थित कोशी डेन्टल हस्पिटलमा भएको भीषण आगलागीबाट अस्पताल पूर्णरूपमा ध्वस्त भएको छ।

इटहरीको पुरानो इलाका प्रहरी कार्यालय (हालको वडा प्रहरी कार्यालय) अगाडिबाट आइतबारे–बुधबारे हटिया प्रवेश गर्ने मार्गमा रहेको कोशी डेन्टल हस्पिटलमा आज साँझ केही बेरअघि आगलागी भएको हो।

आगलागी तीव्र रूपमा फैलिँदा हस्पिटलको भवन तथा भित्र रहेका सामग्रीहरू जलेर नष्ट भएका छन्। आगलागीबाट ठूलो भौतिक क्षति भएको बताइएको छ।

आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र इटहरी उपमहानगरपालिकाको नगर प्रहरी सक्रिय रूपमा परिचालित भएका थिए। तीनवटै सुरक्षा तथा स्थानीय निकायको संयुक्त सक्रियता र प्रयासपछि आगो नियन्त्रणमा लिइएको स्थानीयले बताएका छन्।

आगलागी नियन्त्रणमा नगर प्रहरीको समेत विशेष सहयोग रहेको बताइएको छ। आगलागी हुनुको कारण खुल्न सकेको छैन। घटनाबाट भएको क्षतिको यकिन विवरणसमेत आउन बाँकी छ। आगलागीको कारण र क्षतिको विस्तृत विवरणबारे सम्बन्धित निकायबाट थप जानकारी आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्