टेम्पो र सफारी कर अब ३ रुपैँयामा झार्ने : मञ्जु भण्डारी

<span class='c1'>टेम्पो र सफारी कर अब ३</span> <span class='c2'>रुपैँयामा झार्ने : मञ्जु भण्डारी</span>

धरान । नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिद्वारा आयोजित १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भोनुचोकमा एक कार्यक्रम गर्दै सम्पन्न भएको हो ।

धरान उपमहानगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिनुभएकी नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । उहाँले मजुदर दिवशको शुभकामना दिदै टेम्पो तथा सिटिसफारी दैनिक २५ रुपैँयाका दरले तिरिरहेको कर ३ रुपैँयामा झार्ने बताउनु भयो । उहाँले बार्षिक रुपमा ९ हजार १ सय २५ रुपैँयमा तिर्दै आइरहेको यो कर धेरै भएको भन्दै घटाउने बताउनुभयो ।

त्यसै गरि कार्यक्रमको विशिष्ट अतिथि नेयास्वमसका पूर्व अध्यक्ष मोतिराज सुनुवारले मजदुरलाई लगाइएको ट्राफिक नियमबाट मजदुरहरु पीडित हुने गरेको भन्दै व्यवहारिक रुपमा कार्यान्वयन गर्न उचित हुने गरी नियम कानुन बनाउन लागि पर्ने बताउनुभयो । उहाले अनिवार्य रुपमा लगाउनुपर्ने ज्याकेटले मजदुरलाई झन्झट भएको र ज्याकेटकै कारण फाइनमा पर्ने र कतिपय अवस्थामा कुटाइ खानेसम्मका घटना भएकोले त्यसलाई सच्याउन पर्ने आवश्यकता रहेको बताउनुभयो ।

यसैगरि सो कार्यक्रममा उपमेयरमा उमेदवार रहेका पदम लिम्बुले बस बिसौनिमा भएको समस्यालाई समाधान गर्ने बताउनु भयो । उहाले धरान पर्यटकीय क्षेत्र भएकाले पर्यटकको घुइचो बढी हुने भएकोले बसपार्क व्यस्थापन हुन नसकेको बताउनुभयो । उहाँले नेकपा एमालेको नेतृत्वमा धरानको स्मार्ट बसपार्क निर्माणाधिन भएको बताउदै भानुचोकको भिडभाड व्यवस्थित हुने बताउनुभयो ।

नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिद्वारा आयोजित १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवशमा बुद्धिजीवी, एमाले नेता, कार्यकर्ता र मजदुरहरुको ठुलो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्