उद्योग संगठन मोरङमा श्रम दिवसका अवसरमा श्रमिक सम्मान कार्यक्रमको आयोजना

उद्योग संगठन मोरङमा श्रम दिवसका अवसरमा श्रमिक सम्मान कार्यक्रमको आयोजना

विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवश (मई दिवश) को अवसर पारेर उद्योग संगठन मोरङले शुभकामना आदान प्रदान एवं श्रमिक सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

संगठनले विश्वभरिका श्रमिकहरुको महान दिनको रुपमा रहेको मई दिवश श्रमिक र रोजगारदाताहरुले साझा रुपमा एकाकार गर्दै मनाउने सन्दर्भमा यस बर्ष पनि १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना आदान प्रदान तथा श्रमिक सम्मान कार्यक्रम आयोजना गरेको हो । संगठनको सचिवालयमा आयोजित कार्यक्रममा श्रमिक दिवशको सुभकामना दिदै संगठनका का.वा अध्यक्ष प्रदीप मुरारकाले श्रमिक र रोजगारदाताको सम्बन्ध नङ र मासु जस्तो भएकोले रोजगारदाता र ट्रेड युनियन बिचको सम्बाद र सहकार्यका माध्यमबाट श्रम सम्बन्ध सुधार र श्रम सम्बन्धी समस्याको समाधान भईरहेको र आगामी दिनमा थप शशक्त समझदारी र सहयोगका साथ सहकार्य गर्दै असल औद्योगिक सम्बन्धको विकास एवं आर्थिक क्षेत्रका चुनौतीहरुको सामान गर्न सक्षम हुने गरि काम गर्न मे दिवशले हामी सबैलाई थप उर्जा प्रदान गर्ने बताए । संगठनका उपाध्यक्ष (रोजगारदाता) भोलेश्वर दुलालले श्रमिक र रोजगारदाता एक अर्कासँगको सहकार्य विना अस्तित्वमा नरहने भन्दै संगठनले असल श्रम सम्बन्धलाई सधै प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा सार्क ट्रेड युनियन महासंघका महासचिव एवं ट्रेड युनियन काँग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले मई दिवशको अवसरमा संगठनले आयोजना गरेको कार्यक्रम प्रति धन्यबाद दिदै यस्ता कार्यक्रमले रोजगारदाता र श्रमिकको सम्बन्धमा थप निकटता ल्याउने विश्वास व्यक्त गरे । सो अवसरमा नेपाल ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष किशोर धमला, नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश अध्यक्ष नारायणबाबु कार्की लगायत ट्रेड युनियनका नेताहरु एवं २५० भन्दा बढि श्रमिकहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा संगठनले एक महिला र एक पुरुष श्रमिकलाई सम्मान गरेको छ । सम्मानित हुनेमाहिमगिरी हाइजिन प्रा.ली, बुढिगंगामा विगत २५ बर्षदेखि कार्यरत महिला श्रमिक द्रोपदी राय र जय श्री कम्पनी प्रा.लीमा विगत ३७ बर्षदेखि अनवरत कार्यरत पुरुष श्रमिक महेश चौधरी रहेका छन । सम्मानितद्धयलाई संगठनका कार्यबाहक अध्यक्ष प्रदीप मुरारकाले खादा, माला, सम्मान-पत्र र जनही नगद रु एघार हजार पुरस्कार सहित सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा त्यसैगरि, कार्यक्रममा संगठनका पूर्व अध्यक्षहरु अशोक मुरारका, शिवशंकर अग्रवाल र मुकेश उपाध्याय, उपाध्यक्षहरु राजकुमार गोल्छा, नन्द किशोर राठी, कार्यसमिति सदस्य श्री सुरेन्द्र गोल्छा, तारानाथ निरौला, प्रतिभा रिजाल ओली, इन्द्र खत्री, शौरभ सारडा, लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्