विजयपुरलाई पर्यटकी आकर्षण गर्ने योजना ल्याउन माग

<span class='c1'>विजयपुरलाई पर्यटकी आकर्षण गर्ने</span> <span class='c2'>योजना ल्याउन माग</span>

धरान । विजयपुरवासीले लोकतान्त्रीक बाम गठबन्धनका उम्मेदवारलाई विजयपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न माग गरेका छन् ।

आइतबार धरान उपमहानगरका प्रमुख पदका उम्मेदवार किशोर राई र उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम बेघालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न माग गरेका हुन् । उनीहरु धरान १३ घरदैलो अभियानका क्रममा पर्यटकीय क्षेत्रका विकास गर्न माग गरेका हुन् ।

घरदैलो अभियानकाक्रममा प्रसिद्ध तीर्थस्थल पिण्डेश्वर मन्दिर आसपासका क्षेत्रमा पुग्दा स्थानियबासीले बिजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रकारुपमा बिकास गर्न सुझाव दिए । पिन्डेश्वर मन्दिरमा रुद्राक्षको ब्यापार गर्दै आएका सन्तोष लामिछनेले पर्यटकहरुलाई आकर्षण गर्ने योजना ल्याउन मा गरेका थिए ।उनले भने, ‘यो पर्यटकिय क्षेत्रमा प्लाष्टिकको छानोमुनि व्यवसाय गरेका छौँ ।’ यसको विकासका लागि के योजना छ? भन्दै प्रश्न गरेका गरे । अर्का स्थानिय अमर गुरुङले प्रसिद्ध पर्यटकीय क्षेत्र ओझेलमा पर्दा पर्यटकहरु नआएको बताए ।

उनीहरुको जिज्ञाशामा प्रमुखका पदका उम्मेदवार राईले विजयी भएमा समग्र धरानका पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने बताए । उनले भने, ‘विजयी भए प्राथमिकतमा राख्छु ।’ उपप्रमुख पदका उम्मेदवार आइन्द्र विक्रम बेघाले बिजयपुरलाई बृहत्तर धार्मिक क्षेत्रको रुपमा विकास गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्