धरान १३ मा एमालेको चुनाबी घरदैलो अभियान शुरु

धरान १३ मा एमालेको चुनाबी घरदैलो अभियान शुरु

धरान । आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरपालिका वडा नं. १३ मा नेकपा एमालेले घर दैलो अभियान सुरुवात गरेको छ ।

नेकपा एमाले धरान १३ नं. वडा कमिटिले आजदेखी चुनाबी घर दैलो अभियान सुरु गरेको हो । कोलेनी मार्ग स्थित पार्टी कार्यलयबाट सुरु भएको चुनाबी घर दैलो अभियान जिरो पोइन्ट, जानकी चोक, देबीमार्ग, भृकुटी मार्ग, लक्ष्मीचोक, कृषि बजार हुँदै अमरहाट चोकमा पुगेर टुङगीएको नेकपा एमाले चुनाब प्रचार प्रसार समिति धरान १३ नं. वडा कमिटिका सचिब विष्णु चौलागाईले जनाए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यधिक मतका साथ विजयी बनेका नेत्र प्रसाद काफ्ले यस पटक पनि वडाध्यक्षका उम्मेदवार बनेका छन् । काफ्लेसंगै उम्मेदवारहरु महिला सदस्य सुन्दरी श्रेष्ठ, दलितमहिला सदस्य उर्मिला परियार, खुल्ला सदस्य द्वय सन्तोष राई र तारा तामाङ गोले चुनाबी मैदानमा छन् । घर दैलो अभियानका क्रममा मतदाताहरुले निवर्तमान वडाध्यक्ष काफ्लेको कामको प्रशंसा गदै फेरी भोट खसाल्न आतुर रहेको बताएको चौलागाइले बताए । ‘मतदाताहरुले वडाध्यक्ष ज्यूको काम गर्ने शैली राम्रो छ, फेरी पनि उठ्नु भएछ हामी भोट खसाल्न आतुर छौं भन्नुभयो’ उनले भने ‘भोट माग्नन आउँदा पनि हामी दिन्छौं ढुक्क हुनुस् हामीलाई तपाई जस्तो नेताको खाँचो छ ।’ उनको जित सुनिश्चित रहेको समेत मतदाताहरुले बताएको उनले बताए ।

कामले लोकप्रिय बनेका काफ्ले

लामो समय वडा नागरिक मञ्चमा रहेका काम गरेका काफ्लेले वडाध्यक्ष बने पछि वडा नं. १३ लाई आन्तरिक पर्यटकको केन्द्र बनाउने योजना अगाडी सारेका थिए । उनको नेतृत्वमा सर्दुखोला क्षेत्रमा वीपी पार्क, फ्लावर व्रिज, वाल उद्यान बनाएर आन्तरिक पर्यटकको केन्द्र बनाएका छन् । यस्तै, फुस्रे चोकमा जेष्ठ नागरिक पार्क, फुस्रेको ऐतिहाशिक झल्किने खालका मुर्तिहरु निर्माण गरेर वडामा उदाहरणिय काम गरेका छन् । वडामा सडक पूर्वाधारका विकास उल्लेख्य मात्रामा गरेका काफ्लेले साहित्यक क्षेत्रमा समेत अन्य वडाको तुलनामा धेरै गरेका छन् । वडाको तर्फबाट अन्तराष्ट्रिय साहित्यक महोत्सवकार्यक्रममा आयोजना गरेर काफ्लेको चर्चा साहित्यक क्षेत्रमा समेत उत्तिकै छ । काफ्ले वडामा विकास प्रेमी नेताको रुपमा चिनिन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्