विष्णु पादुका बासी महाशेर राईलाई जिताउन आतुर

विष्णु पादुका बासी महाशेर राईलाई जिताउन आतुर

धरान । आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको नेकपा एमालेले धरानमा प्रचार प्रसार तिब्र पारेको छ ।

नेकपा एमाले धरान उपमहानगरपालिका २० नं. वडा कमिटिले चुनाबी प्रचार प्रसारलाई तिब्र पारेको हो । गत विहीबारदेखी शुरु गरेको चुनाबी घरदैलो अभियान आज वडाको सुहारा गाउँमा पुगेको छ । तामाखाम, चिण्डेडाडा, बाघखोप, कार्की छाप, सानो खैरेदगायतको क्षेत्रमा प्रचार प्रसार गरि सकेको वडाध्यक्षका उम्मेदवार महाशेर राईले बताए ।

चुनाबी घर दैलोका क्रममा मतदाताहरुले यस अगाडी जिताएका वडाध्यक्ष मणिराम राईको नेतृत्वमा जनअपेक्षा अनुसार नै काम भएको प्रशंसा गदै उनीहरुले सुर्यमा नै मतदिने बाचा गरेको उम्मेदवार राईले बताए ।

मतदाताहरुबाट राम्रो प्रतिक्रिया पाएको बताउँदै उनले आफु उत्साहित भएको समेत बताए । वडाध्यक्षका उम्मेदवार राईसंगै महिला सदस्य पञ्चमी राई, दलित सदस्य यशोदा घिमिरे बिक र खुल्ला सदस्य द्वय प्रताप तामाङ र पोष्टराज राईको उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्