एमालेको वडाध्यक्ष बाबु लाल लामाको ५ वर्ष : सडक निर्माण देखी विपन्नलाई स्वास्थ्य बिमा

<span class='c1'>एमालेको वडाध्यक्ष बाबु लाल लामाको ५ वर्ष</span> <span class='c2'>: सडक निर्माण देखी विपन्नलाई स्वास्थ्य बिमा</span>

धरान । नेपालको नयाँ संविधान २०७२ जारी भएसँगै देश संघियतामा गयो ।

लामो समय देखि जनप्रतिनिधी विहिन रहेको स्थानीय तहमा प्रतिनिधीहरु निर्वाचित भए । जसले गर्दा आम जनताहरुमा नयाँ उत्साह विकासको तिब्र आकांक्षा पलाएको छ । जनताबाट अनुुमोदन भएर आएका जनप्रतिनिधिहरुले आफ्नो एक कार्यकाल बिताएर विदा हुनै लागेका छन् । जस अनुसार ७४ सालको स्थानीयतहको निर्वाचनबाट धरान उपहामनगरपालिका वडा नं ११ मा नेकपा एमालेको तर्फबाट बाबु लाल लामा निर्वाचित भए । उनको एक कार्यकाल बिताएर विदा हुनै लागेका छन् । प्रदेशका १ का अन्य शहरको तुलानामा विकशित उदयीमान शहरको रुपमा रहेको धरानमा एमालेबाट निर्वाचित भएर आएका लामाले ५ वर्षे कार्यकालमा गरेका कामहरुलाई यहाँ हामीले शब्द चित्रमा उतार्ने प्रयास गरेका छौं ।

वडाका विभिन्न स्थानमा सडक विस्तार, ढल, एजिङ वाल निर्माण भएका छन् । वडाको बजेटबाट मात्रै विकास निर्माणको काम गर्न सम्भव नरहने वडाध्यक्ष लामा बताउँछन् । उनकै पहलमा प्रदेश सरकार र संघिय सरकारको सहयोगमा सडक निर्माण भएको छ । पाँचवर्षको अवधिमा लामाको नेतृत्वमा रहेको वडाले शिक्षा र खेल क्षेत्रमा पनि उल्लेख्य काम गरेको छ ।

वडाले सगरमाथा खेलमैदान स्तरोन्नती, खेलमैदानमा माटो भर्न ५ लाख बजेट बिनियोजन गर्ने देखि ज्ञानोदय मा वि, शिक्षा ज्योति आधारभुत विद्यालयमा वालमैत्री विद्यालय बनाउने देखि कुर्सी लयागतका शैक्षिक सामग्री कम्प्युटर, पोशाक लागायतका सामाग्री प्रदान गरेको छ । वडाले आर्थिक अवस्था कम्जोर भएका वडाबासिहरुको स्वास्थ्य बिमा गरेको छ । यूूवाहरुको क्षमता विकास गर्न बेसिक र डिप्लोमा सम्मको कम्प्युटर तालीम, लोकसेवा आयोग कक्षा संचालन प्रदान गरिएको छ । वडामा रहेका महिलाहरुको सीप विकास गर्न आर्थिक स्तर उकास्न विभिन्न किसिमका सिलाई कटाई तालीम, महिला अभिमुखिकरण सम्बन्धी तालीमहरु सञ्चालन गरेको छ । विशेष क्षमता भएका बालबालिकाहरुलाई शैक्षिक, खेलकुुद सामाग्री प्रदान गरेको छ ।

लामाकै कार्यकालमा वडालाई ३९ सूचक र १६ खुडिकिला पुरा गर्दै बालमैत्री वडा घोषण भएको छ । कोभिडको समयमा समस्यामा परेका जनताहरुलाई वडाले विभिन्न किसिमका राहातका प्याकेज निर्माण गरि प्रदान गरेको छ । कोभिडका कराण मृत्यु भएकाहरुको शव व्यवस्थापन देखि उपचार सम्मका लागी पहल गरेको छ । विभिन्न किसिमका विपद्मा परेका वडाबासीहरुलाई राहतका प्याकेज घोषणा गरि सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्