धरान वडा ४ का २९ जना युवा एमाले प्रवेश

<span class='c1'>धरान वडा ४ का २९</span> <span class='c2'>जना युवा एमाले प्रवेश</span>

धरान । निर्वाचनको मिति नजिकिदै गर्दा धरानमा एमाले प्रवेश गर्नेको लहर नै चलेको छ ।

एमालेले जित्ने सुनिश्चित भए पछि नेपाली कांग्रेसका युवाहरु समेत नेकपा एमालेमा प्रवेश गरेका छन् । यसै क्रममा वडा नम्बर ४ का कांग्रेसका २९ जना युवाहरु एमालेमा प्रवेश गरेका छन् । सोमबार स्थानीय युवा रामजित राई सहितको समुहको एमाले प्रवेश गरेका हुन् । एमाले वडा नम्बर ४ मा भएको घरदैलोको क्रममा मनोज श्रेष्ठ, खेम राना, बल बहादुर राई, सुजन राई, विजय राई, मनजित राई, रोशन श्रेष्ठ, बादल राई, समिर विक, विमल विक, विशाल विक, अर्जुन विक, अनुप विक, धनराज राई, विवेक राई, सुनील राई, दिपेश राई, दिपक खड्का, सुनिल राई सुनिल विक, मनिष विक, मुस्कान राई, अनिल विक, सोमराज राई, सन्तोष राई, बाबुराम श्रेष्ठ र मुस्कान राई एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा एमाले सुनसरी जिल्ला सदस्य तथा धरान उपमहानगर कमिटीका इन्चार्ज नारायण सुवेदी लगायत वडा नम्बर ४ का वडाअध्यक्षका उम्मेदवार धन बहादुर राई, वडासदस्यका उम्मेदवारहरुले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्