स्थानीयको चाहना पुन : एमालेबाट पुर्ण प्रसाद लिम्बु

<span class='c1'>स्थानीयको चाहना पुन :</span> <span class='c2'>एमालेबाट पुर्ण प्रसाद लिम्बु</span>

धरान । कलेज अध्ययन गर्न थाले पछि सामाजिक सेवामा होमिएका वर्तमान धरान १९ का वडा अध्यक्ष पुर्ण प्रसाद लिम्बुलाई पुनः नेकपा एमालेले धरान वडाअध्यक्षको उम्मेदवार बनाएको छ ।

२०४६ सालको जन आन्दोलनमा धरान १९ बाट आन्दोलनको नेतृत्व गरेका थिए । स्थानीय वडाको विकास र समाजको लागि नेतृत्व गर्दै खुल्ला रुपमा सक्रिय राजनितिमा होमिएका हुन् लिम्बु । सक्रिय राजनितिबाटै समाजको विकास गर्न सकिने मनन् गरेर उनी नेकपा एमालेमा समाहित भएका थिए । २०४६ सालको जनआन्दोलनमा नेतृत्व गर्दा उनी माथि प्रहरीले धरपकड समेत गरेको थियो । धरपकडमा फुत्किन सके । उनले हरियाली सामुदायीक वन उपभोक्ता समितीको ८ बर्ष सचिवको जिम्मेवारी सम्हाले । त्यसै गरि नागरिक मञ्चको सदस्य भएर अघि बढ्दै गर्दा राजनितिलाई नजिकबाट बुझ्न पाए । सामान्य परिवारमा हुर्केका उनले समाजमा भएका समस्या समाधान गर्न हामी बाटै शुरु गर्नुपर्छ भनेर अभियान शुरु गरे ।

समाज सेवामा नि:स्वार्थ भावनाले लागि परे । नेपालकै उत्कृष्ठ रहेको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको गल्फ मैदानलाई व्यवस्थीत बनाए । लामो समय सम्म धरान गल्फ क्लबको अध्यक्ष भएर काम गरे । विभिन्न संघसंस्थाको नेतृत्व गरेका उनको राजनितिक क्षेत्र निखारिदै गयो । उनको समाजसेवा जनताको समस्याहरुको लागि आवाज उठाउँदै अघि बढ्ने क्रममा धरान फुटबल क्लबमा महासचिव भएर १२ बर्ष सम्म धरानको फुटबल खेललाई अघि बढाउन तल्लिन रहे । राजनीतिमा सक्रिय भएका उनी २०५४ सालदेखि नेकपा एमालेका क्रियाशिल सदस्य भएका हुन् । लामो समय राजनिति अनुभव बटुलेका उनी २०७४ सालमा एमालेकै तर्फबाट वडाअध्यक्षको उम्मेदवार बने । उनलाई वडा नम्बर १९ का जनताले भारी मतले विजय गराए । समाज सुधार तथा विकाशमा निष्कलंक आफ्नो जिम्मेवारी निभाएका लिम्बुले ५ वर्षे जनप्रतिनिधीकालमा समेत उनको योगदान अतुलनिय रह्यो । धरान १९ को विकासमा ५ बर्षको अनुभव बटुलेका छन् ।

उनले आफ्नो कार्यकालमा जनता र पिछडिएका बर्गलाई सेवा गर्दै आएका छन् । जनताको उनी प्रतिको विश्वासकै कारण एमालेले पुनः वडाअध्यक्षको उम्मेदवार बनाएको छ । उनको कार्यकालमा उनले गरेका कामहरुले स्थानीय खुशी भएका छन् । उनको लोकप्रियताकै कारण उनी पुनः वडाअध्यक्षमा उम्मेदवार भएका हुन् । उनले ५ वर्षे कार्यकालमा गरेका कामहरु बाट स्थानीयको चाहना अनुसार परेको उम्मेदवारीलाई जनताले पुनः जिताउने विश्वास उनले गरेका छन् । जनप्रतिनिधी बनेका दुई वर्ष पछि नै विश्व भर फैलिएको महामारी कोरोनाको विरुद्ध लड्न उनको वडामा सक्रियरुपमा नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै काम गरे । उनले कोभिड १९ रोकथामका लागि सचेतनामुलक सुचना प्रवाहको कार्य भएको छ । उनले आफ्नो वडामा रहेको टेम्पो ड्राइभर, समस्यामा परेका शिक्षक लगायत विपन्न वर्गलाई राहत वितरणका कार्य भएका, हरियाली सामुदायिक वन उपभोक्ता समुहमा रहेको विश्रामस्थललाई आइसोलेसनको स्थापना गरिएको थियो ।

कोभिड संक्रमण भइ समस्यामा परेका व्यक्तिहरुलाई अक्सिजन लगायतका सामान आपुर्तिमा सहजिकरण गरिएको थियो । वडालाई बालमैत्री वडा घोषणा, पूर्ण खोप सुनिश्चित वडा घोषणा, बालमैत्री पुस्तकालय स्थापना, बालबालिकाहरुलाई उत्प्रेरणाका लागि भ्रमण, स्वास्थ्य शिविर संचालन, बालसमुह गठन, पोषण आहारा वितरण लगायतका कामहरु गरेका छन् । उनले आगामी निर्वाचनमा निर्वाचित भए पछि पनि बालमैत्री स्थानीय शासनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । बालमैत्री पुस्तकालय विकाश, सुत्केरी महिलाहरुलाई निःशुल्क पोषण कार्यक्रम बालबालिकालाई निशुल्क शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

सरकारी विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण, निशुल्क महिला स्वास्थ्य शिविर संचालन गरिने, महिला अधिकार र सशक्तिकरणका लागि कार्यक्रम संचालन, घरेलु उद्यमशिलता विकाशका लागि महिलालाई प्रोत्साहन, घरेलु हिंसाजन्य अपराध न्युनिकरणका कार्यक्रम, पछाडी परेका महिलाहरुलाई राहत प्याकेजका कार्यक्रम, प्रत्येक तिन महिनामा महिलाहरु सँग जनप्रतिनिधी कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यसै गरि ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुका लागि पार्क निर्माण, सामाजिक सुरक्षा भत्ता वितरणलाई सहजा, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता, वडा कार्यालय भवन ज्येष्ठ नागरिक र अपाङ्गता मैत्री, आर्थिक अवश्था कमजोर भएका दिर्घरोगीले सेवन गर्दै आएका औषधीहरु निशुल्क उपलब्ध गराउन, आवश्यक सामग्री नि:शुल्क वितरण गर्ने उनको प्रतिबद्धता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्