बाह्रदशीमा सत्तारुढ गठबन्धनको प्राथमिकतामा कृषि क्षेत्र

<span class='c1'>बाह्रदशीमा सत्तारुढ गठबन्धनको</span> <span class='c2'>प्राथमिकतामा कृषि क्षेत्र</span>

झापा । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै विभिन्न राजनीतिक दलका उम्मेद्वार तथा नेता कार्यकर्ता मतदाताको घर घरमा मत मागिरहेका छन् ।

विविन्न एजेण्डा लिएर यतिवेला मतदाताकहाँ जाने उम्मेद्वार मध्ये बाह्रदशी गाउँपालिकामा रहेका सत्तारुढ गठबन्धन दलका उम्मेद्वारले कृषि लाई प्राथमिकतामा राखेर आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

यस्ता छन् सत्तारुढ गठबन्धन दलका मुख्य एजेण्डा

कृषिमा आधारित जनताको जीविकोपार्जनको मुख्य स्रोत नै कृषि भएकाले कृषिलाई वैज्ञानिक कृषि प्रणालीमा रुपान्तरण गर्नेदेखि जैविक मल उद्योग स्थापना गर्नेसम्मका प्रतिबद्धता गठबन्धनले अघि सारेको छ । जसमा अग्र्यानिक कृषि उत्पादनमा जोड, तरकारी खेतीलाई आधुनिकीकरण गर्दै टनेल खेतीको विकास गर्ने, राजगढ, चकचकी र डाँगीबारीमा तरकारीको थोकबजार स्थापना गर्ने, खेत-खेतमा पोल, कित्ता-कित्तामा सिञ्चाई कार्यक्रम, आवश्यक मल, बीऊ, वितरणमा सहजीकरण गर्ने, प्रत्येक वडामा कृषि प्राविधिक र प्रविधि केन्द्र स्थापना गर्ने, कृषि बीमा अन्तर्गत कृषकलाई बाली बीमा गर्न लगाउने जस्ता कार्यक्रम अघि सारिएको छ ।

पशुपालनतर्फ उन्नत जातका पशु ५० प्रतिशत अनुदानमा वितरण गरिने, प्रत्येक वडामा पशु प्राविधिक र पशु स्वास्थ्य केन्द्र स्थापना गरिने लगायत छन् ।
शिक्षातर्फ कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिने, सामुदायिक विद्यालयसहित धार्मिक, सिकाइ केन्द्र, सार्वजनिक पुस्तकालयहरुको भौतिक पूर्वाधार व्यवस्थापन गरिने, सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई गुणस्तरीय शिक्षाको व्यवस्थापन गरी अंग्रेजी र कम्प्युटर शिक्षालाई अनिवार्य लागू गर्ने, प्रत्येक सामुदायिक बिद्यालयमा क्रमशः स्कूल बसको व्यवस्थापन गर्ने र गाउँपालिकामा उच्च शिक्षा अध्ययन गर्ने व्यवस्थापनका लागि क्याम्पस स्थापना गर्ने लगायत छन् भने कक्षा ११/१२मा अध्ययनरत् निम्न बर्गीय विद्यार्थीलाई साइकलको व्यवस्थापन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

खेलकुदका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्न प्रोत्साहन गर्ने, प्रत्येक सामुदायिक विद्यालयमा खेलकुदलाई प्रोत्साहन तथा व्यवस्थापन गर्ने, गाउँपालिकाभित्र राष्ट्रियस्तरको खेलकुदको बहत्तर विकास गर्ने लगायतका प्रतिबद्धता अघि सारिएको छ । त्यस्तै गठनबन्धनले अन्य २४ वटा बुँदागत प्रतिबद्धता सार्वजनिक गरेको छ । पाँच वर्षभित्र उच्चस्तरीय कालोपत्रे सडक निर्माण गर्ने, प्रत्येक गाउँ तथा घरलाई सडक सञ्जालसँग जोड्न पहल गर्ने, बजारी क्षेत्रमा ढल निकासको व्यवस्थापन गर्ने, दुव्र्यसनमुक्त बाह्रदशी, भयरहीत बाह्रदशी, युवा शक्तियुक्त बाह्रदशी बनाउन विशेष कार्यक्रम सञ्चालन गरिने रहेका छन् ।

त्यस्तै मृत्यु संस्कारका लागि प्रत्येक परिवारलाई न्यूनतम् १० हजार रुपैयाँ सहयोग गरिने, नदी कटान रोक्न आवश्यक तटीय क्षेत्रमा तटबन्धन गरिने, हात्ती नियन्त्रणका लागि विशेष पहल गर्ने, आवश्यक स्थलमा सडकबत्ती र सीसी क्यामेरा जडान गर्ने, अधुरा रहेका भौतिक संरचनाहरुलाई पूरा गर्ने, आवश्यकस्थलहरुमा पक्की पुल र झोलुंगे पुल निर्माण गर्दै नागरिकको आवागमनलाई सहज तुल्याउने लगायतका प्रतिबद्धता गठनबन्धनले सार्वजनिक गरेको छ ।

विकास प्रेमी नेताका रुपमा परिचित छन् खड्गप्रसाद राजवंशी

२०२० साल वैशाख १३ गते जन्मिएका खड्ग प्रसाद राजवंशी बाह्रदशी गाउँपालिका २ मोटापानीका स्थायी बासिन्दा हुन् ।

२०६०/०६१ सालमा जिल्ला विकास समिति झापाको उपसभापति बनेका उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा बाह्रदशी गाउँपालिकाकाको अध्यक्ष बनेका थिए । २०४७ सालमा तत्कालीन राजगढ गाविस अध्यक्ष बनेका उनी विकास प्रेमी नेताको रुपमा परिचित छन् । सरल स्वभावका राजवंशीले पुनः वाह्रदशी गाउँपालिकाको अध्यक्षको दावी गर्दै उम्मेद्वारी दिएका छन् । गाउँपालिका अध्यक्ष रहदा उनकै पहलमा उज्ज्यालो बाह्रदशी अभियान सञ्चालन, राजगढ बजारलाई स्मार्ट सिटी, कृषिमा उन्नति, समुन्नत बाह्रदशी जस्ता कार्यक्रम सञ्चालन गर्दै वाह्रदशी गाउँपालिकाबासीमाझ लोकप्रिय बने ।

बुवा मोटापानी र आमा भागादेवी राजवंशीका पुत्ररत्नका रुपमा जन्मिएका राजवंशीले जनप्रतिनिधि नरहँदा समेत विरिङ खोला तटवन्ध गर्दै राजगढ बासीको मन जितेका थिए । सबैमाझ लोकप्रिय रहेका राजवंशीको पारिवारिक पृष्ठभूमिनै नेपाली कांग्रेस भएका कारण उनले बाल्यअवस्थादेखि नै विपीको विचारलाई अंगाल्ने अवसर पाएका थिए । फलस्वरुप सबैप्रति समानभाव राख्ने राजवंशी आदिवासी समुदाय माझ मात्रै होइन सबैमाझ उत्तिकै लोकप्रिय छन् । राजगढमा रहेको पशुपति माध्यमिक विद्यालय स्थापना गर्न होस् या त इलाका प्रहरी कार्यालय र साविक राजगढ गाविसको भवन निर्माण गर्न नै किन नहोस् राजवंशीका वुवाले देखाएको उदारताका कारण त्यो परिवार अहिले पनि उत्तिकै लोकप्रिय छ ।

मोटापानी गाउँमा बसेर वजारमा रहेको जमिन निःशुल्क प्रदान गर्दै पशुपति माध्यमिक विद्यालय स्थापनामा सहयोग, इलाका प्रहरी कार्यालय र राजगढ गाविस भवन निर्माणका लागि समेत निःशुल्क जमिन उपलब्ध गराउने खड्ग प्रसाद राजवंशीको पारिवारले अन्य थुप्रै सामाजिक काम गरेका छन् । जसका कारण उनको र उनको परिवारको सधै चर्चा परिचर्चा हुने गरेको छ ।

नेपाली कांग्रेस पार्टी प्रति सधै बफादार रहने राजवंशीका पिता मोटापानीले देखाएको वाटो र विपीको विचार अंगालेका राजवंशी सधै अग्रपंक्तिमा रहने गरेका छन् । प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलन होस् या त २०६२/०६३ को जनआन्दोलन नै किन नहोस् राजवंशी परिवारले देखाएको अग्रसरता कै कारण नेपाली कांग्रेसले समेत राजवंशीलाई पटक/पटक अवसर प्रदान गर्दै आएको छ ।
नेपाली काग्रेसका तर्फबाट २०४७ सालमा झापा क्षेत्र नम्वर ४ को क्षेत्रीय सभापति बनेका उनी दुई /दुई पटक महाधिवेशन प्रतिनिधि हुँदै नेपाली कांग्रेसको जिल्ला सदस्य समेत बनेका थिए ।

गणतन्त्र प्राप्तिका योद्धा हुन् शंकर प्रसाद सेढाई

बाह्रदशी गाउँपालिका-५ निवासी शंकर प्रसाद सेढाई सहिद परिवारका सदस्य हुन् । नेपालमा गणतन्त्र स्थापनाका लागि उनी र उनको पारिवारको योगदानको उच्च प्रशंसा हुने गरेको छ बाह्रदशीमा ।

२०३१ साल वैशाख २० गते वुवा कृष्ण प्रसाद र आमा नारायणी सेढाइका पुत्ररत्नका रुपमा जन्मिएका सेढाई लामो समयसम्म जनक्रान्तिमा सक्रिय भूमिका निर्वाह गरे । एकीकृत नेकपा माओवादी केन्द्रको संगठन विस्तारदेखि किसान संगठनलाई सुदृढ पार्न महत्वपूणर् भूमिका निर्वाह गरेका उनी हाल वाह्रदशी गाउँपालिकाको मूल कृषि समूहको कृषि प्राविधिकको रुपमा रहेका छन् । पार्टीको भातृ संगठन किसान संगठन झापाको जिल्ला संयोजक, दुग्ध विकास महासंघ क्रान्तिकारीको केन्द्रीय सदस्य, राष्ट्रिय किसान महासंघको केन्द्रीय सदस्य जस्ता पदमा रहेर सधै किसानको पक्षमा वकालत गरिरहेने उनी हाल वाह्रदशी गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार बनेका छन् । सत्तारुढ गठबन्धन दलका तर्फबाट उम्मेद्वार बनेका उनी किसानको मुद्धा स्थापित गर्न सक्ने नेताका रुपमा परिचित छन् ।

विभिन्न सहकारी संस्थामा समेत आवद्ध रहेका उनी जनशक्ति बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक हुन् भने पूणर्िमा कृषि सहकारी सहित विभिन्न संघ संस्थामा रहेर काम गरिरहेका छन् । युवालाई केन्द्रीकृत गर्दै दुव्र्यसन मुक्त बनाउन र सृजनाको क्षेत्रमा लग्न प्ररणा दिने उनी जागृति युवा परिवारमा समेत आवद्ध छन् । लामो समय मुलुकमा गणतन्त्र स्थापनाका लागि आन्दोलनमा होमिएका उनी मुलुकमा गणतन्त्रप्राप्ति पछि विकास वर्गका समस्या स्थापित गर्न लागि परेका योद्धा हुन् सेढाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्