मोरङमा निर्वाचन लक्षित सुरक्षा योजना कार्यन्वयनमा : पेट्रोलिङमा नेपाली सेना समेत परिचालन

मोरङमा निर्वाचन लक्षित सुरक्षा योजना कार्यन्वयनमा : पेट्रोलिङमा नेपाली सेना समेत परिचालन

विराटनगर । मोरङमा निर्वाचन सुरक्षा योजना अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पेट्रोलिङ्ग गस्ति सुरु गरेको छ ।

जिल्लामा तीन प्रकारका मतदान केन्द्रको बर्गिकरण गरेर अवस्था हेरेर सुरक्षा परिचालन गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पर्याप्त सुरक्षाकर्मी परिचालन गरेर जिल्लाको समग्र शान्ति सुरक्षाको स्थितिको निगरानी सुरु गरिएको जानकारी दिनुभयो ।

मोरङका १७ स्थानीय तहमा ३०० मतदानस्थल तोकिएको छ । यी मतदानस्थल अन्तर्गत ८३३ मतदान केन्द्रमा मतदाताले मत खसाल्ने सुविधा छ । निर्वाचनका लागि जिल्लामा चार हजार १०० कर्मचारी खटिने भएका छन् । सुरक्षालाई मजबुत बनाउनका लागि तीन हजार सुरक्षाकर्मी र तीनहजार १०० म्यादी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । प्रत्येक मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटिने छन् । त्यस भन्दा बाहिरी घेरामा सशस्त्र प्रहरी र त्यस भन्दा बाहिरी घेरा नेपाली सेनाले कभर गर्ने गरि सुरक्षा योजना कार्यन्वनयनमा ल्याईने भएको छ ।

केन्द्रीय सुरक्षा योजना अनुसार जिल्लाको सुरक्षा योजनालाई आवश्कयताका आधारमा व्यवस्थित गरिने छ । मोरङमा सामान्य, संवेदनशील र अतिसंवेदनशील गरेर तीन प्रकारका मतदान केन्द्र रहेका छन् । तर, सुरक्षालाई मध्यनजर गर्दै यी तीनै प्रकारका मतदान केन्द्रमा समान प्राथमिकतासहितको सुरक्षा घेरा निर्माण गरिने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्