भानुचौकमा ट्राफिक लाइट, वडामै खानेपानी ट्याङ्की : सुधिर सिंह लिम्बू

<span class='c1'>भानुचौकमा ट्राफिक लाइट, वडामै खानेपानी</span> <span class='c2'>ट्याङ्की : सुधिर सिंह लिम्बू</span>

धरान । धरान उपमहानगरपालिकाको चुनावमा गठबन्धका उम्मेदवारहरु मतदाताको घरदैलोमा मत माग्न ब्यस्त छन् ।

आफ्ना विकाशका योजना तथा अन्य एजेण्डा लिएर धरानका सबै वडामा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्दैछन । वाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका युवा नेता सुधिर सिंह लिम्बू वडा नं. २ को नेतृत्व गर्ने उदेश्यका साथ चुनावमा होमिएका छन् । माओवादीले धरान २ को अध्यक्षमा काँग्रेसलाई सघाए पछी गठबन्धनका अध्यक्ष उम्मेदवार सुधीरसिंह लिम्बुको लागि बाटो खुला भएको छ । तथापि यसअघि पनि वडा २ काङ्ग्रेसकै अध्यक्ष माधव गोविन्द श्रेष्ठ विजयी भएकाले काँग्रेसलाई सहज स्थिति थियो । गठबन्धन भएपछि अव सुधिरसिंको सिधा प्रतिस्पर्धा एमालेका रमेश राईसँग हुनेछ ।

वडा २ देशी लाइनमै हुर्किएका सुधीरसिंह लिम्बु वडाका युवाहरूका लोकप्रिय अगुवा हुन । स्थानीय व्यवसायीहरू सँग सहयोगी अभिभावकको रूपमा उनी परिचित छन । देशी लाइनको फराकिलो सडक सहित आधुनिकीकरण, भौडी चौकलाई पार्कको रूपमा विकास गर्ने कार्यमा सुधीर सिंहको महत्वपुर्ण भूमिका रहेकाले वडामा उनको युवा समाजसेवीको छवि रहँदै आएको छ ।

धरानको खानेपानी समस्यामा सबै भन्दा ठुलो मारमा परेका वडा २ भएको उनको भनाई छ । बसपार्क र धरानको मुटु नै भएकाले यहाँको होटेल, रेष्टुरा, व्यापार, व्यवसायको लागि खानेपानीको सबैभन्दा ठुलो मारमा पर्दै आएकाले वैकल्पिक रूपमा खानेपानी उपलब्ध गराउन नियमित वडाकै ट्याङ्करको व्यवस्था गर्ने सुधीरसिंहको प्रतिबद्धता छ । वडामा खानेपानीको मौज्दात राख्न खानेपानी उपयुक्त स्थानमा ट्याङ्की बनाउने योजनामा पनि उनको छ ।

भानु चौक, देशी लाइनको व्यवसायलाई व्यवस्थित गर्ने, सोही ठाउँमा बसपार्क, ट्याक्सी, ट्याम्पो सफारीको पार्क, स्ट्यान्ड सार्वजनिक शौचालय भएकोले वडा २ ले त्यहाँका सुरक्षा, सरसफाइ र उचित व्यवस्थापनको चुनौतीसँग सामना गर्दै आएको छ । चौतर्फी सवारी सञ्चालनलाई व्यवस्थित गर्न प्राविधिक पनि प्रयोग गर्न जरुरी भएको बताउँदै उनले भने ‘भानु चौकमा ट्राफिक लाइटको व्यवस्था नगरी नहुने देखिएकोले त्यसमा पनि मेरो प्राथमिकता हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्