धरान । राष्ट्रिय युवा संघ धरानले सूर्यध्वजा वाहक उम्मेदवारलाई जिताउनको लागि सम्पुर्ण धरानका युवाहरुलाई आग्रह गरेका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मेयर मन्जु भण्डारी( सुवेदी ) र उप मेयर पदका उम्मेदवार पदम इस्वो (लिम्वू) लगायत २० वटै वडाका सूर्य ध्वजा वाहक उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरेका हुन् । बिहीबार चियापान तथा भेटघाट कार्यक्रममा धरानका सम्पुर्ण युवाहरुलाई आग्रह गर्दै धरानका सम्पुर्ण युवाहरु एमालेको पक्षमा रहेको दावी गरेका छन् । उपमेयर पदका उम्मेदवार पदम इस्वोले युवाहरुको हक अधिरकार र युवाको समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको बताएका छन् । उहाले भन्नु भयो, हामी युवाहरुको नगर र देश विकासमा महत्वपुर्ण भुमिका हुन्छ , धरानमा युवाहरुलाई हामी पहिलो प्राथमिकतामा राखेका छौं, युवाहरुको माग र समस्या समाधान गर्नको लागि नेकपा एमाले सदैव प्रतिवद्ध रहने छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय लिम्वु अर्जुन लिम्वुले धरानका सम्पुर्ण युवाहरु एमालेको उम्मेदवारलाई जिताउनको लागि कटिवद्ध रहेको बताउँदै मतदान गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी निर्वाचन परिचालन समितिको संयोजक मुरारी सुवेदीले देशकै एक मात्रै नमुना बस पार्क बनाउँदै गरेको , विराटनगरबाट किमाथांका नाकासम्म गौरवशालि बाटो निर्माण गर्दै , सुरुङ मार्गको काम हुँदै गरेको बताउनु भयो ।
उहाँले एमाले जताउन तर्फमा लागेमा अझै विकाशका कामहरु अघि बढ्ने समेत बताउनु भयो । उहाँले अबको नेतृत्व युवाहरुको काँधमा आएको उल्लेख गर्दै एमालले उठाएको उम्मेदवार नै युवा भएकाले धरानको विकासले अब फड्को मार्ने बताउनु भयो । कार्यक्रममा युवा, विद्यार्थी, बुद्धिजीवी , नेता , कार्यकर्ता र मजदुरहरुको ठुलो उपस्थिति रहेको थियो ।