आगलागीमा परेर विराटनगरमा उपचाररतको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा मुख्यमन्त्री

आगलागीमा परेर विराटनगरमा उपचाररतको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा मुख्यमन्त्री

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुरको षडानन्द नगरपालिका–१४ बोया बिहीबारेमा भएको आगलागीमा परी घाइते भएकाको स्वास्थ्य अवस्था बुझ्नु भएको छ । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत ३२ वर्षीय खेममणी तामाङ र २७ वर्षीया प्रतिमा तामाङको स्वास्थ्य स्थितिका बारेमा मुख्यमन्त्री राईले जानकारी लिनु भएको हो ।

आगलागीमा परेर घाइते दुईजनाको स्वास्थ्य उपचारमा प्रदेश सरकारले सहयोग गर्ने र उपचारमा कुनै कमि नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिनु भएको थियो । बिहीबार राती भएको आगलागीमा परेर २ वर्षीया बालिका अनिशा तामाङको ज्यान गएको थियो । मुख्यमन्त्री राईले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

हिजो बेलुका ७ बजे खेममणी तामाङको ढुंगामाटोले बनेको टिनको छाना भएको दुई तले घरमा आगलागी भएको थियो । आगोले घर पूर्ण रुपमा क्षति पु¥याएको प्रदेश १ प्रहरी कार्यालयले जानकारी दिइएको छ । आगो नियन्त्रणका लागि फस्ट राइफल गण दिङ्लाबाट नेपाली सेनाको टोलीसहित नेपाल प्रहरी र स्थानीयवासी जुटेका थिए र बिहान २ बजे आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट खेममणी तामाङ र अर्जुन तामाङको दुईवटा घर र घरमा भएको किराना र कपडा पसलमा समेत क्षति हुँदा २ करोड ६० लाख २२ हजार मूल्य बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्