विराटनगरको सिटी मार्वल्सलाई दुईलाख जरिवाना, एउटा कमोडमा ४३ प्रतिशत नाफा

विराटनगरको सिटी मार्वल्सलाई दुईलाख जरिवाना, एउटा कमोडमा ४३ प्रतिशत नाफा

विराटनगर । ‘स्टक’ मा रहेको सामान बृद्धि भएको मूल्यमा बिक्री गरेको पाइएपछि विराटनगर–२ स्थित सिटी मार्बल्स फर्मलाई दुईलाख जरिवाना भराइएको छ । उर्लाबारीकी ताराकुमारी बस्नेतलाई एकथान कमोड (शौचासन) बिक्री गर्दा ४३ प्रतिशत मुनाफा लिइएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले जरिवाना भराएको हो ।

विराटनगरमा सस्तो मूल्यमा सामान पाइएला भनेर आएकी बस्नेतले एउटा कमोडलाई २६ हजार ५०० भुक्तानी गरेकी थिइन् । बस्नेतको बुझाईमा यो अस्वभाविक मूल्य थियो । संयोगले, वााणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको नियमित अनुगमनको टोलि त्यहि पुगेपछि सामानको खरिद बिल परीक्षण गर्दा बढी मुनाफा आर्जन गरेर बिक्री गरेको पाइएको थियो । फर्मले २०७८ फागुन २६ गते १८ हजार ५३५ रुपिँया मूल्यमा सामान खरिद गरेको थियो । कम मूल्यमा खरिद गरेर स्टकमा रहेको सामान बढी मूल्यमा बिक्री गरेको पाइएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका निमित्त प्रमुख सन्तोष पोखरेलका अनुसार ‘ज्याकवार’ ब्राण्डको उक्त सामानको अधिकतम बिक्री मूल्य कम्पनीले नै २०७८ चैत मसान्तसम्मका २३ हजार ८६० तोकिदिएको थियो । नयाँ वर्षका लागि अधिकतम बिक्री मूल्य सूची डिलरलाई केहि पठाएको थियो । फर्मले कम्पनीले पठाएको नयाँ सूचीलाई आधार मानेर सेवाग्राहीबाट रकम असुलेको थियो । सामान खरिद गरेको मितिको मूल्यमा अधिकतम २० प्रतिशत मात्रै नाफा लिन पाइथ्यो स्टकमा रहेको सामानलाई नयाँ मूल्य सूचिका आधारमा बिक्री गरेर बढी मुनाफा आर्जन गरिएको हो ।

फर्मले स्टकमा रहेको सामानलाई बढेको नयाँ दरमा बिक्री गर्नका लागि नयाँ मूल्य सूचीलाई आधार बनाएको देखिएपछि अनुगमन समितिले दुईलाख जरिवाना भराएको पोरखेलले जानकारी दिए । कम्पनीले पठाएको पछिल्लो अधिकतम बिक्री मूल्य सूचीका आधारमा बिक्री गर्दा पनि खरिदको २० प्रतिशत मात्रै नाफा कायम गरेको भएपनि नैतिक मूल्यका आधारमा फर्मलाई माफी दिन सकिने स्थिति थियो खरिद गरेको मितिको हिसाबले ४३ प्रतिशत र बृद्धि भएको मूल्य सूचीमा समेत २० प्रतिशत भन्दा बढी मुनाफा लिइएको भेटिएपछि तत्काल दुईलाख जरिवाना गरिएको हो ।

खरिद मूल्यको तुलनामा अस्वभाविक नाफा लिएर सामान बिक्री गरेको कसुरमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरिएको पोखरेलले जानकारी दिए । त्यति मात्रै नभई उपभोक्तासँग बढी लिइएको ५ हजार ३५० रुपिँया समेत फिर्ता गराइएको छ । उपभोक्ताले आफूले खरिद गर्ने बस्तुको यकिन मूल्य थाहा नपाउँदा व्यवसायीहरुले बढी लाभ लिन विभिन्न जुक्ति लगाएर ठग्ने गरेको यो घटना पहिलो भने हैन ।
बजारमा सामान खरिद गर्ने उपभोक्ताले त्यसको कम्पनी दर कति हो भन्ने यकिन गर्न नसक्दा व्यवसायीले बढी मूल्य असुल्ने गरेका छन् । यस्तोमा उपभोक्ता पनि वस्तुको उत्पादन, कम्पनी मूल्य, मुनाफा र त्यसका आधारमा आफूले खरिद गर्नुपर्ने वस्तुको मूल्यका बारेमा जानकारी हुन आवश्यक देखिन्छ ।

कार्यालयले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा १०७ वटा फर्मको अनुगमन गरेको छ । जसमध्ये २८ वटा फर्म जरिवानामा परिसकेका छन् । जरिवाना भराएका २८ फर्मबाट चालु आर्थिक वर्षमा १२ लाख ५७ हजार रुपिँया असुल गरिएको पोखरेलले जानकारी दिए । यसैगरी १६ हजार ४९० रुपिँया मूल्य बराबरको सामान बरामदपछि नष्ट समेत गरिएको छ । खानयोग्य नदेखिएको यति मूल्य बराबरको सामान नष्ट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्