धरान-१२मा अन्तरघात गर्ने तीन काँग्रेस नेतालाई कारबाही

धरान-१२मा अन्तरघात गर्ने तीन काँग्रेस नेतालाई कारबाही

धरान । गत स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिकाका तीन नेतालाई नेपाली कांग्रेस धरानले कारबाही प्रक्रिया थालेको छ ।

धरान १२ नम्बर वडा समितिको जेष्ठ २३ गतेको बैंठकले पार्टीका उम्मेदवार हराउन लागिपर्ने ३ नेतालाई कारबाहीको सिफारिस गरेको हो । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धरान १२ मा वडाध्यक्षका उम्मेदवार बिष्णु तामाङ पराजित भएका थिए । उनको पराजयमा कांग्रेस सुनसरी क्षेत्र नम्बर १ (क) प्रदेश क्षेत्रीय उपसभापति प्रदिप शाक्यले भुमिका खेलेको बैठकको निश्कर्ष छ । शाक्यसहित प्रदेश क्षेत्रीय सदस्य एकराज राई र महाधिवेशन प्रतिनिधि निर्मला शाक्यले कांग्रेस उम्मेदवार हराउन लागिपरेको बैठकको निर्णय छ ।

वडाध्यक्षका प्रत्यासी उम्मेदवार विष्णु तामाङ र वडा सभापति सरोज भट्टराईले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै अन्तरघात गर्ने तीन जनालाई कारबाहीको सिफारिस गरेको र बहिस्कार गर्ने जनाएका छन् । तीनै जना नेताहरुलाई पार्टीबाट आजीवन बहिस्कार गरिने विज्ञप्तीमा उल्लेख छ । उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बनको सिफारिस गरिएको हो ।

धरान १२ नम्बर कांग्रेसका नेता तथा मेयरका प्रत्यासी किशोर राईको वडा हो । पार्टीबाटै अन्तरघात भएर चुनावमा पराजीत हुनुपरेको राईले पनि बताउँदै आएका छन् । धरानमा यसअघि ६ नम्बरमा कांग्रेस उम्मेदवार पराजीत भएपछि २९ जनालाई कारबाहीको सिफारिस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्