धरानका विद्यालयमा ट्राफिक नियम बारे पढाई हुने

धरानका विद्यालयमा ट्राफिक नियम बारे पढाई हुने

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग राईले उपमहानगरका विद्यार्थीलाई ट्राफिक सचेतनाका लागि पाठ्यक्रममै राखेर पढाई सुरु गरिने भएकाे छ ।

उपमहानगरले विद्यालयको पाठ्यक्रममा ट्राफिक नियम अध्यापन सुरू गर्ने भएको हो । मेयर साम्पाङ्ग राईले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत सो विषयको जानकारी गराएका हुन् । ट्राफिक नियम प्रभावकारी बनाउन सबैलाई मेयर साम्पाङ्ग राईले आग्रह गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन् :
‘धरान उपमहानगरले स्कूले पाठ्यक्रममा ट्राफिक नियम अध्यापन सुरु गर्ने छ । सबैले यसलाई प्रभावकारी बनाऔँ ! सडक दुर्घटना न्यूनीकरण हाम्रो उद्देश्य रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्