धनकुटामा दुर्घटना हुँदा एकजना घाइते

धनकुटामा दुर्घटना हुँदा एकजना घाइते

धनकुटा । धनकुटाको निगालेमा बससँग ठोक्किएर मोटरसाईकल दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।

धनकुटादेखि खादबारी जाँदै गरेको को १ ख ३२४२ नम्बरको यात्रु बससँग विपरित दिशाबाट आउँदै गरेको को ३८ प ५९३० नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक पाख्रीबास नगरपालिका वडा नं ४ बस्ने वर्ष ३० का प्रेम थापा घाइते भएको हिले प्रहरी चौकीका वरिष्ठ हवलदार गणेश थापाले जानकारी दिनु भएको छ ।

घाइते थापालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाएको हिले प्रहरी चौकीले जनाएको छ । घाइते थापाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र बसका चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं ५ का यगेन्द्र बहादुर लिम्बू प्रहरीको नियन्त्रणमा रहेको छन् ।

दुर्घटना प्रहरीका अनुसार विपरीत दिशाबाट गईरहेकाे बाईक अनियन्त्रित भएर दुर्घटना भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्