प्रदेश सरकारको नीति तथा कार्यक्रम निजी क्षेत्रलाई प्रोत्साहन : उद्योगी राउत

प्रदेश सरकारको नीति तथा कार्यक्रम निजी क्षेत्रलाई प्रोत्साहन : उद्योगी राउत

विराटनगर । प्रदेश सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने किमिसको नीति तथा कार्यक्रम–२०७९ ल्याएको उद्योगी–व्यवसायीले बताएका छन् । उद्योग, कृषि, उर्जा, यातायात, भौतिक पूर्वाधार, सुचना प्रविधि, पर्यटन क्षेत्रमा नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने सरकारको नीति तथा कार्यक्रमले केहि उत्साह थप्ने दावी गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश १ वरिष्ठ उपाध्यक्ष एवं मुख्यमन्त्रीका प्रमुख आर्थिक सल्लाहाकार राजेन्द्र राउतले संघ, प्रदेश र स्थानीय तहको समन्वय, सहकार्य र सह–लगानीको अवधारण अनुसार परियोजनामा लगानी गर्ने विषयले व्यवसायिक क्षेत्रलाई राहत पुग्ने दावी गर्नुभयो । नीति तथा कार्यक्रममा परियोजना बैंक स्थापना गर्ने सरकारको योजना सकारात्मक र प्रादेशिक क्षेत्रमा नयाँ उचाई हाँसिल हुने राउतको धारणा छ ।

उद्योग तथा वाणिज्य फर्म प्रदेशबाट दर्ता नविकरण सरलीकृत बनाउने र वातावारण प्रभाव मूल्यांकन र भौतिक निर्माण गर्न स्वीकृती दिने पक्ष सकारात्मक रहेको उद्योगी राउतले बताउनुभो । प्रादेशिक उत्पादन प्रर्वद्धन एक घर एक उद्यमी कार्यक्रम, उद्योग संरक्षण, प्रविधिको हस्तान्तरण कार्यक्रमहरुले रोजगारी र उत्पादनलाई टेवा पुग्ने दावी गरिएको छ । औद्योगिक विवाद समाधान र श्रम सम्बन्ध सुधारको लागि श्रम सल्लाहकार परिषद् क्रियाशिल बनाउने नीति तथा कार्यक्रममा समेटिएको छ ।

यसैगरी पर्यटन एकिकृत सुचना प्रणालीको गुरुयोजनाको निर्माण, प्रदेशको धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा ऐतिहासिक स्थलको संरक्षणको कार्यक्रम राखिनु महत्वपूर्ण उपलब्धीको रुपमा लिनुपर्ने राउतले बताउनुभयो । कृषि उपजको निर्यात प्रबर्धन गर्न नीजि क्षेत्रसंग समन्वय, मलको परनिर्भरता न्युनिकरण गर्ने कार्यक्रम, लगानी सम्मेलन, खेलकुद क्षेत्रमा पनि नीजि क्षेत्रलाई प्रोत्साहन, एक पालिका एक उत्पादन कार्यक्रम ल्याउने नीति समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्