झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर । झापाको बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ बर्षीय डिजेन राजवंशी र फिदिम नगरपालिका-७ का २२ बर्षीय सुजन गुरुङलाई लागुऔषध ब्राउनसुगर सहित बुधवार साँझ ७ बजे पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले १५ ग्राम ब्राउनसगुर, डिजिटल तराजु १ थान र नगद रू.२ लाख ८४ हजार ७५० रुपैया समेत बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्