इलामबाट प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

इलामबाट प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । इलामको देउमाई नगरपालिका-३ स्थितबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देउमाई नगरपालिका-७ का २० बर्षीय शम्भु लिम्वु र माई नगरपालिका-८ का १८ बर्षीय सुमन लिम्बु रहेका छन । बुधबार दिउँसो नेपालटार-मंगलबारे स्थित सडक खण्डमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट चेकिङमा खटिएको प्रहरी निरीक्षक सहितको टोलीले चेकजाँचको क्रममा प्रदेश १-०३-००१ प १६५५ र को.१३ प २१६६ नम्वरको मोटरसाईकलमा सवार रहेका उनीहरुको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिवन्धित ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय मंगलबारेबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्