बिनयबिष्णु केसी
यो कोलाहल अनि भागदौड
लाग्छ सबै ब्यस्त छ यहाँ
कसैलाई कसैको पिडा बोध छैन
सबै निस्फिक्री लम्कीदै छन्
आ-आफ्नै सपनाको भारी बोकेर
अनि रात सुन्सान छ त्यही शहरमा
सबैको सपनाको साक्षीं बनेर
कयौं सपनाहरु त्यही बिलाए
कयौं मरेर, अनि मारेर गए
आ-आफ्नैकथाको झोली भर्न
पुनः आउँछ बिहानी यो शहरको
कयौको सपनाको साक्षी बस्न
उदाउछ, अनि अस्ताउछ क्षितिजमा
अनेकौ सपनाहरुको स्पर्श गर्न
तर शहरलाई के थाहा
मुकुन्डो भित्रको कोलाहल
न कहिले शहरले सपनालाई बुझ्यो
न त सपनाले शहरलाई