तेह्रथुमबाट चोरीमा संलग्न १ जना पक्राउ

तेह्रथुमबाट चोरीमा संलग्न १ जना पक्राउ

विराटनगर । तेह्रथुमको लालीगुँरास नगरपालिका-९ स्थितबाट चोरीमा संलग्न १ जनालाई चोरी गरेको सुनका गरगहना र नगद सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-११ घर बताउने ३५ बर्षीय रोशन तामाङ रहेका छन् । तामाङले जेष्ठ २५ गते बुधबार दिउसो फेदाप गाउँपालिका-२ तेह्रथुमका प्रेम प्रसाद भट्टराईको घरमा कोही नभएको मौका पारी ढोका फोडी कोठा भित्र काठको बाकसमा राखेको सुनको विभिन्न गरगहनाहरु ५ तोला, ५ आना र नगद १ हजार रुपैया सहित चोरी गरी फरार भएका थिए । चोरी भएको सुचना पाए लगतै प्रहरी चौकी योयाक्जुङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा बिहिबार बिहान लालिगुराँस नगरपालिका-९ काँडे स्थितमा लुकिछिपि बसेको अवस्थमा चोरी भएका सम्पुर्ण गरगहना र नगद सहित तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको सम्मानित जिल्ला अदातल तेह्रथुमबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्