इटहरीबाट चोरीमा संलग्न २ जना पक्राउ

इटहरीबाट चोरीमा संलग्न २ जना पक्राउ

विराटनगर । सुनसरीको इटहरी उप-महानगरपालिका-९ स्थित रहेको मोबाईल पसलबाट मोबाईल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका-९ सिन्धुपाल्चोकका २३ बर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका-४ नुवाकोट घर भई काठमाण्डौको टोखा वस्ने १९ बर्षीय सन्तोष मगर रहेका छन् । उनीहरुले यही जेष्ठ १५ गते राती मोवायल पसलको सटर फोडी ३ लाख बरावरको विभिन्न कम्पनिको मोबाईलहरु चोरी गरेका थिए । चोरी भएको जानकारी तत्कालै प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न भई फरार रहेका तामाङ र मगरलाई काठमाण्डौमा लुकिछिपि बसेको अवस्थामा चोरी भएको ३ वटा मोबाईल सेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको आजै सम्मानित सुनसरी जिल्ला अदालतवाट चोरी मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्