अवैध हातहतियार सहित दुई जना पक्राउ

अवैध हातहतियार सहित दुई जना पक्राउ

ओखलढुङ्गा । सिद्दिचरण नगरपालिका-६ जन्तरखानी माथिल्लो मैदाने बस्ने ३५ वर्षीय कामे शेर्पालाई १ थान भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र अस्थाई प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

जाजरकोट, छेडागाड नगरपालिका-५ चंखेलास्थित झाडीमा लुकाई छिपाई राखेको १ नाल भरुवा बन्दुक शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त झाडीमा लुकाई राखेको बन्दुक ईलाका प्रहरी कार्यालय वडाबनबाट गस्ती गईरहेको प्रहरीले फेला पारी बरामद गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्