सवारी दुर्घटनाबाट २ जनाको मृत्यु, ५ जना घाइते

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु, ५ जना घाइते

विराटनगर । ईलाम र पाँचथरमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु र ५ जना घाइते भएका छन् ।

शुक्रबार बेलुका करिब ७:३० बजे ईलाम सुर्योदय नगरपालिका ७ सुकेपोखरी स्थित मेची राजमार्गमा झापाबाट फिक्कल तर्फ जादै गरेको प्रदेश न. १-०१-००१ च ९१९३ नम्बरको स्कारपियो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर तल खसि दुर्घटना भएको थियो । सो दुर्घटनाबाट स्कारपियो गाडीमा सवार घाइते भएका ६ जना मध्ये झापाको बिर्तामोड नगरपालिका ३ बस्ने ५७ बर्षीय ईश्वरी प्रसाद खरेलको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शुक्रबार राती करिब ८:३० बजे मृत्यु भएको हो । अन्य घाईतेहरुमा गाडी चालक झापा बिर्तामोड नगरपालिका ५ बस्ने ५० बर्षीय गणेश पराजुली, बिर्तामोड ४ का ४५ बर्षीय एकराज बिष्ट, विर्तामोड ४ का ४५ बर्षीय डिल्लि बस्नेत, विर्तामोड ३ का ४७ बर्षीय तस बहादुर प्रधान र बिर्तामोड ४ का ५३ बर्षीय सन्तोष श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी शुक्रबार राती करिब ९ बजे पाँचथर फालेलुङ गा ३ नाम्लोवा स्थित भित्रि कच्चि सडक खण्डमा पञ्चमुखी देखी थोक्लेवुङ तर्फ जाँदै गरेको प्र.१-०२-००३ त १८५४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई सडकदेखी अन्दाजी १० फिट तल झरी दुर्घटना हुँदा ट्याक्टर चालक सोही स्थान बस्ने २२ बर्षीय को सुरेश साँवालाई ट्याक्टरले किचि घटना स्थलमै मृत्यु भएको थियो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्