सुनसरीको इटहरीमा देखियो जङ्गली चितुवा : नियन्त्रणमा लिने प्रयास जारी

<span class='c1'>सुनसरीको इटहरीमा देखियो जङ्गली चितुवा</span> <span class='c2'>: नियन्त्रणमा लिने प्रयास जारी</span>

विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका क्षेत्रमा जङ्गली चितुवा देखा परेको छ ।

इटहरी उप–महानगरपालिका वडा नं. ६ र ९ को सीमानामा पर्ने एकता टोल विकास क्षेत्रमा चितुवा देखा परेको हो । चितुवा देखिएसँगै स्थानीयहरु आतङ्कित बनेका छन् । बिहानै देखा परेको चितुवालाई हाल नियन्त्रणमा लिने प्रयास जारी छ । चितुवा नियन्त्रणमा लिनका निम्त्ति अहिले कोशी टप्पु वन्यजन्तु आरक्षको उद्वार टोलीलाई परिचालन गरिएको छ । कुनै अप्रिय घटना हुन नदिन स्थानीयको सुरक्षार्थ हाल जुट विकास र एकता टोल क्षेत्रमा इलाका प्रहरी कार्यालयबाट प्रहरी र जिल्ला वन कार्यालयका कर्मचारीहरुको टोली खटाईएको छ । प्रहरीले भने स्थानीयलाई घरभित्रै बस्न आग्रह गरिरहेको छ ।

चितुवा भने हाल एक स्थानीयको घरको कम्पाउण्डभित्र लुकेर बसेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्