सुनसरीको इटहरीमा देखिएको जङ्गली चितुवाको उद्दार

सुनसरीको इटहरीमा देखिएको जङ्गली चितुवाको उद्दार

विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका क्षेत्रमा देखा परेको जङ्गली चितुवाको उद्दार गरिएको छ ।

आज बिहानै देखा परेको चितुवालाई हाल नियन्त्रणमा लिईएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला बन कार्यालय सुनसरी, कोशीटप्पु वन्यजन्तु आरक्षका कर्मचारीसहितको टोलीले सुरक्षित रूपमा नियन्त्रण लिइएको हो । इटहरी-६ एकता टोलका नेरु चौधरीको घरको ग्राउण्डमा आज बिहान चितुवा पसेको थियो ।नियन्त्रणमा लिइएपछि जिल्ला वन कार्यालय लगिएको छ । इटहरी उप–महानगरपालिका वडा नं. ६ र ९ को सीमानामा पर्ने एकता टोल विकास क्षेत्रमा चितुवा देखा परेको थियो । चितुवा देखिएसँगै स्थानीयहरु आतङ्कित बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्