ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु,२ जना घाइते

ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु,२ जना घाइते

विराटनगर । ईलाम र झापाको दुई छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

ईलामको रोङ गाउँपालिका-४ बाघखोर स्थित मेची राजमार्गमा सोमबार दिउँसो करिब २ बजे फिक्कलबाट झापातर्फ आउदै गरेको मे.१ त ४४७८ नम्बरको ट्याक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुदा ट्याक्टर चालक सुर्योदय नगरपालिका-१२ का २९ बर्षीय सागर प्रधान सहित ३ जना घाईते भई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा चालक प्रधानको मृत्यु भएको हो ।

यसैगरी झापाको गौरादह नगरपालिका १ सितापुरी स्थित भित्री सडक खण्डमा सोमबार बेलुका करिब ५ बजे मे १ त ७४३१ नम्बरको ट्रयाक्टरले ठक्कर दिदा घाईते भएका स्थानिय राम प्रसाद अधिकारीको ९ बर्षीय छोरा गौरव अधिकारीलाई उपचारको लागि दमक अस्पताल दमक लगिएकोमा अस्पताल पुराउना साथ उनको मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर र चालक झापा कमल गाउपालिकाका २६ बर्षीय बिनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

घटना बारेमा थप विवरण आउन बाकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्