ओखलढुङ्गामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

ओखलढुङ्गामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

विराटनगर । ओखलढुङ्गामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका-३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका-२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् । उनीहरु समेतले ती बालिकालाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी डर धाक धम्की देखाई गत बैशाख २७ गते दिउँसो सोही नगरपालिका-११ मा जबरजस्ती करणी गरेको र यसअघि पनि बिभिन्न स्थान र मितिमा समेत जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । हाल फरार अर्का अभियुक्त सोही ठाउँ बस्ने ७६ वर्षीय फणिन्द्र प्रसाद दहालको प्रहरीले खोजी गरिरहेको छ ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्