ओखलढुङ्गामा ढुङ्गाले किचेर बालकको मृत्यु

ओखलढुङ्गामा ढुङ्गाले किचेर बालकको मृत्यु

विराटनगर । ओखलढुङ्गाको चम्पादेवि गाउँपालिका-३ पाखुरेडाँडामा ढुँङ्गाले किचेर स्थानीय एक बालकको मृत्यु भएको छ ।

सोमवार बेलुका साढे ५ बजे चम्पादेवी-३ ताप्केडाँडामा साथिहरुसँग चुथ्रो खान गएका ओत बहादुर श्रेष्ठका ६ बर्षीय छोरा भिम बहादुर श्रेष्ठलाई अचानक भिर माथीबाट झरेको ढुङ्गाले टाउकोमा लागि गम्भिर घाईते भएका थिए । ढुङ्गाले किचेर गम्भिर घाईते भएका बालकलाई उपचारको लागी स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई घटना बारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्