विराटनगर । जर्बरजस्ती करणी मुद्दामा नौवर्ष १० महिना २२ दिन कैद सजाय ठहर भएका एक व्यक्ति एघारवर्षपछि प्रहरीको नियन्त्रणमा परेका छन् ।
तत्काल पुनरावेदन अदालत मोरङले २०६८ जेठ २४ गते पथरीशनिश्चरे नगरपालिका–९ का मुकविर राईलाई करणी मुद्दामा दोषी ठहर गरेको थियो । ३१ वर्षीय राईलाई एघारवर्ष पछि ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
मोरङ प्रहरीका अनुसार पक्राउ परेका राईलाई अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागि मोरङ कारागार चलान गरिएको छ ।