झापामा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

झापामा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

विराटनगर । झापाको झापा गाउँपालिका-३ कल्लामारी स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जना मोटरसाईकल चालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो करिब २ बजे मे. १ त ४४१८ नम्बरको ट्याक्टरले मे .११ प २८२२ नम्वरको मोटरसाईकललाई ठक्कर दिइ दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २० बर्षीय अख्तर अलिको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । उक्त ट्रयाक्टर र चालक प्रबिज आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्